Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पार्टीमा म एक्लो छैन : घनश्याम भुसाल 

पार्टीमा म एक्लो छैन : घनश्याम भुसाल 

  • आइतवार, जेठ २२ २०७९

  • 1.5K
    SHARES

  • पार्टीमा म एक्लो छैन : घनश्याम भुसाल 
    काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसाले आफूविरूद्ध ’बदला भाव’ राखेर अहिले अनुशासनको कारबाही गर्न खोजिएको बताउनुभएको छ । 
     
    नेकपा एमालेको अनुशासन आयोगले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकोमा भुसाललाई कारबाही गर्न पार्टी सचिवालयलाई सिफारिस गरेको थियो ।
     
    उहाँले आफूविरूद्ध पार्टीको आठौं महाधिवेशनदेखि नै बदला भाव राखिँदै आएको बताउनुभएको छ । 
     
    उहाँले अनुशासनको कारबाही गर्न खोजिए पनि पार्टीभित्र आफू एक्लो नरहेको दाबी गर्नुभयो । 
     
    यद्यपि पार्टीमा आफ्नो पक्षमा रहेका नेताहरू बोल्न नसकेको उहाँले बताउनुभयो । उहाँले आफूलाई पार्टीले अनुशासनको कारबाही गर्न लागेको विषयमा औपचारिक जानकारी नभएको बताउनुभयो । 
     
    उहाँले पार्टीको पछिल्लो महाधिवेशन पछि बनेको कमिटी र प्रणालीका कारण पनि आफूलाई कारबाहीको विषय नौलो नलागेको बताउनुभएको छ । 
     
    भुसालले आफूले पार्टीले हिँडेको बाटोबारे समीक्षा खोजेको समेत बताउनुभयो । उहाँले पार्टीले पछिल्लो पटक हिँडेको बाटो असफल भएको दाबी गर्नुभएको छ । 
     
    उनले पार्टीमा आफूले सधैँ दलाल पुँजीवादको विषय उठाउँदै आएको र पार्टीका यथास्थितिवादीहरूलाई मन नपरेको उल्लेख गर्नुभयो । 
     
    उहाँले आफूले सार्वजनिक सञ्चारमाध्यममा बोलेको कुराको बचाउ गर्नुभएको छ । 


    आइतवार, जेठ २२ २०७९०३:०७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij