Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विदाका दिन चलाएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

विदाका दिन चलाएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

  • आइतवार, जेठ २२ २०७९

  • 659
    SHARES

  • विदाका दिन चलाएका सरकारी गाडी प्रहरी नियन्त्रणमा

    काठमाडौं । जनकपुरधाममा सार्वजनिक विदाका दिन चलाइएका सरकारी सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको छ ।

    पेट्रोलियम पदार्थको खपत न्यूनीकरण गर्ने उद्देश्यले सरकारले हाल शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिएको छ । तर कार्यालय विदा हुँदाको दिन पनि सरकारी सवारी साधन चलाएको पाइएपछि त्यसलाई नियन्त्रणमा लिएर ट्राफिक प्रहरीले थन्क्याउन थालेको छ ।

    शनिबार र आइतबार गरी १४ वटा सरकारी सवारी साधन नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिइएका सवारी साधन कार्यालय खुल्ने दिन मात्रै दिइने बताउनुभयो ।


    आइतवार, जेठ २२ २०७९०२:५८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij