Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेकपा एकीकृत समाजवादीले एक मन्त्रीबाहेक सबैलाई फिर्ता बोलाउँदै

नेकपा एकीकृत समाजवादीले एक मन्त्रीबाहेक सबैलाई फिर्ता बोलाउँदै

  • आइतवार, जेठ २२ २०७९

  • 5.9K
    SHARES

  • नेकपा एकीकृत समाजवादीले एक मन्त्रीबाहेक सबैलाई फिर्ता बोलाउँदै

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ ।

    पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ।

    पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको बताए ।

    अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् ।

    उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ । बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।


    आइतवार, जेठ २२ २०७९०१:५७:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij