काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले गठबन्धनमा बस्ने या नबस्ने भन्ने बारे छिट्टै निष्कर्षमा पुग्ने जानकारी दिनुभएको छ ।
नेपाली रेडियो नेटवर्क–एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले अब पार्टीको केन्द्रीय समिति बैठक बसेर चुनावको समीक्षा गर्ने उल्लेख गर्नुभयो ।
‘गठबन्धनमा रहिरहन पार्टी र गठबन्धन दुवैमा समस्या देखिएको छ, यसबारे जसपाले छिट्टै निष्कर्षमा पुग्ने छौं’, नेता यादवले भन्नुभयो ।
उहाँले जुन आधारमा गठबन्धन गरियो त्योअनुसार काम नभएपछि विश्वासघात भएको उल्लेख गर्नुभएको छ ।