Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

घनश्यामलाई विधान बमोजिम कारबाही गर्न सिफारिस : बडाल

घनश्यामलाई विधान बमोजिम कारबाही गर्न सिफारिस : बडाल

  • आइतवार, जेठ २२ २०७९

  • 1.4K
    SHARES

  • घनश्यामलाई विधान बमोजिम कारबाही गर्न सिफारिस : बडाल

    काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगका अध्यक्ष केशव बडालले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको प्रष्ट पार्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बडालले पार्टी महाधिवेशन र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको बताउनुभयो । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको छ’, बडालले भन्नुभयो

    पार्टी विधान बमोजिम आवश्यक कारबाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उहाँले जानकारी दिनुभएको छ ।

    ‘पार्टीमा बसेर पार्टीको विरुद्धमा, अध्यक्षको विरुद्धमा, महाधिवेशनको विरुद्धमा र नीतिको विरुद्धमा गयो भने केशव बडालमाथि पनि त्यस्तै कारबाही हुन्छ’, अध्यक्ष बडालले भन्नुभयो ।

    स्थानीय चुनाव पछि भुसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गर्नुभएको थियो ।
     


    आइतवार, जेठ २२ २०७९०७:१६:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij