Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

किशोर मृत भेटिएपछि अछाममा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

किशोर मृत भेटिएपछि अछाममा तनाव, प्रहरीले गर्‍यो हवाई फायर

  • शनिवार, जेठ २१ २०७९

  • 734
    SHARES

  • किशोर मृत भेटिएपछि अछाममा तनाव, प्रहरीले गर्‍यो हवाई फायर
    काठमाडौं । अछाममा जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका-४ का १५ वर्षका किशोर विनोद शाही मृत अवस्थामा फेला परेपछि स्थानीयले प्रदर्शन गरेका छन् ।
     
    पञ्चदेवल विनायक नगरपालिका–४ स्थित घर नजिकै शाही मृत अवस्थामा भेटिएपछि स्थानीयले घटनाको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कारबाही माग राख्दै प्रहरीलाई शव उठाउन नदिएपछि तनाव भएको हो ।
     
    अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले स्थानीयको अवरोधका कारण तनाव सिर्जना भएपछि अश्रुग्याँस प्रहार र हवाई फायर गरिएको बताउनुभयो । 
     
    उहाँका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन ८ राउन्ड हवाई फायर र ३ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ । तर आक्रोशित स्थानीयले प्रहरी प्रशासनविरूद्व नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् । उनकाअनुसार अहिले छिमेकी जिल्ला डोटीबाट थप सुरक्षाकर्मी मगाइएको छ ।
     
    वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । जेठ १७ गते स्थानीय बजारमा मदिरा सेवन गरिरहेका बेला दुवै पक्षबीच झगडा भएको थियो । सो क्रममा प्रहरी र स्थानीयबीच समेत विवाद भएको थियो ।
     
    राति ९ देखि करिब १२ बजेसम्म चलेको विवादकै क्रममा शाही बेपत्ता भएका परिवारको दाबी छ ।


    शनिवार, जेठ २१ २०७९०८:३५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij