Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चुनावी नारा बनेको काठमाडौंको फोहोर व्यवस्थापन बालेनका लागी कति चुनौतिपुर्ण ?

चुनावी नारा बनेको काठमाडौंको फोहोर व्यवस्थापन बालेनका लागी कति चुनौतिपुर्ण ?

  • शनिवार, जेठ २१ २०७९

  • 798
    SHARES

  • चुनावी नारा बनेको काठमाडौंको फोहोर व्यवस्थापन  बालेनका लागी कति चुनौतिपुर्ण ?
    काठमाडौं । बर्षौदेखि समस्याको रुपमा रहेको काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन अव वैज्ञानिक तरिकाले गर्नेबारे पहल सुरु भएको छ । 
     
    यसअघि चुनावी नारामा मात्र सीमित रहेको काठमाडौंको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई चुनौती देखिएको छ । निर्वाचित भएकै दिनदेखि साहले फोहोर व्यवस्थापन गर्न सक्रियता बढाउनु भएको छ ।  
    यसअघि चुनावी नारामा मात्र सीमित रहेको काठमाडौंको फोहोर व्यवस्थापन गर्न काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले निर्वाचित भएकै दिनदेखि सक्रियता बढाउनु भएको छ ।  
     
    मेयर साहले उपत्यकाको फोहोर व्यवस्थापन गरेर मात्रै महानगरका अन्य काम गर्ने घोषणा गर्नुभएको थियो। तर, साह निर्वाचित भएपछि पनि लामो समय यता काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौंका सडकमा जताततै फोहोरको थुप्रो रहेको छ ।
     
    उपत्यकाको फोहोर उठ्न नसक्नुको कारण हो सिसडोलका स्थानीयहरूको विरोध । उनीहरूले आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाडौंको फोहोर विसर्जन गर्न दिन नसकिने अडान वेला वेला राखिरहेका हुन्छन् ।  
     
    काठमाडौंको फोहोरले बर्षौदेखि आफूहरूको स्वास्थ्यमा गम्भीर समस्या आएको र फोहोरको डंगुरमाथि बस्न बाध्य भएको उनीहरूको गुनासो छ ।
     
    सिसडोलवासीका समस्या बुझ्न काठमाडौंका मेयर र उपमेयरसहितको टोली सिसडोल पुग्यो  । त्यसक्रममा मेयर बालेन्द्र साहले फोहोर विसर्जन गर्ने ठाउँ सिसडोललाई केमिकल प्रयोग गरेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बाचा गर्नुभएको छ । 
     
    स्थानीयका सबै समस्या समाधान हुने तर फोहोर विसर्जन गर्न भने स्थानीयले अवरोध गर्न नहुने मेयर साहको शर्त छ ।
     
    काठमाडौंका मेयर साहले निर्वाचित भएकै दिन फोहोर विसर्जन गर्ने स्थान सिसडोलको स्थलगत अनुगमन गरी स्थानीयसँग छलफल गरिरहनु भएको छ । साथै उहाँले प्रधानमन्त्री र अन्य दलका शीर्ष नेतासँग पनि भेटेर फोहोर व्यवस्थापनबारे राय, सुझाव लिनुभएको छ । 
     
    महानगरपालिकाका मेयर साह र उपमेयर सुनिता डङ्गोलले शहरी विकास मन्त्री रामकुमारी झाँक्री सँग पनि फोहोर व्यवस्थापनबारे छलफल गर्नुभएको छ ।
     
    मन्त्री झाँक्रीले काठमाडौंको फोहोरलाई वैज्ञानिक किसिमले व्यवस्थापन गर्ने बताउँदै फोहोर व्यवस्थापन गर्न मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
     
    काठमाडौंमा दैनिक करिब ६०० मेट्रिक टन फोहोर उत्सर्जन हुने गर्दछ भने उपत्यकाभरि दैनिक करिब १४ सय मेट्रिक टन फोहोर थुप्रिने गर्दछ । सहरीकरण बढ्दै जाँदा फोहोर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
     
    काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि गम्भीर रूपमा गृहकार्य भइरहेको दाबी गरेको छ ।
    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालले भोलिसम्म वैकल्पिक उपायबाट भए पनि फोहोर उठाउने जानकारी दिनुभयो । 
     
    २०६२  साल देखि सिसडोलमा फोहोर फाल्न थालिएको हो। तीन वर्षपछि नुवाकोटकै बन्चरेडाँडामा अत्याधुनिक ल्यान्डफिल साइट बन्ने र फोहोर त्यही विसर्जन गर्ने आश्वासन दिइएको थियो। तर, बन्चरेडाँडामा ल्यान्डफिल साइट तयार हुन सकेको छैन । 
     
    अर्कोतिर धेरै मात्रामा फोहोर सडकमा पुग्नु काठमाडौंवासीको पनि कमजोरी हो। दैनिक रूपमा निस्किने फोहोरलाई कुहिने र नकुहिने रूपमा नछुटाइदिनु, ठोस र तरल फोहोर एकै ठाउँ जम्मा गर्नुले पनि फोहोर व्यवस्थापनमा कठिनाइ देखिएको हो ।  
     
    अर्कोतर्फ सङ्घीय सरकारले पनि फोहोर व्यवस्थापनलाई केवल स्थानीय तहको मात्र हो भन्ने ठानिनु पनि फोहोर व्यवस्थापनको अर्को समस्या हो ।
     
    फोहोर व्यवस्थित हुन नसक्दा राज्यलाई पनि ठुलो घाटा परिरहेको छ । त्यसैले उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्नुपर्नेमा अव ढिलाइ गर्नै हुँदैन । काठमाडौंलाई स्वच्छ र सफा राख्नका लागि जनस्तरबाट पनि सम्बन्धित निकायलाई सहयोग गर्न जरुरी छ । 
     


    शनिवार, जेठ २१ २०७९०८:०३:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij