काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना पूर्व स्थायी कमिटीका सदस्यहरूको बैठक बोलाएको छ । आइतबार(भोलि) बिहान ८ बजे बस्ने गरी पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाइएको हो ।
आज शनिबार दिउँसो ३ बजे बैठक बस्ने भनिए पनि भोलि बिहान मात्रै बस्ने पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को सचिवालयले जानकारी दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा स्थानीय तहको निर्वाचनको समीक्षा र आगामी निर्वाचनको सन्दर्भमा छलफल हुने बताइएको छ ।
नेकपा माओवादीको ८ औँ महाधिवेशन सम्पन्न भएको ५ महिना पुगिसक्दा पनि अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन सकेको छैन। त्यस्तै केन्द्रीय कमिटी बाहेकका अन्य कमिटी पनि निर्माण गर्न सकेको छैन ।