Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, कसले बुझ्ने जनताको पीडा ?

संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, कसले बुझ्ने जनताको पीडा ?

  • शुक्रवार, जेठ २० २०७९

  • 815
    SHARES

  • संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता, कसले बुझ्ने जनताको पीडा ?
    काठमाडौं । दिनप्रतिदिनको चर्को मूल्यवृद्धिले सर्वसाधारणहरूको चुल्हो निभ्ने खतरा बढेको छ । कोरोना महामारीको असर सेलाउन नपाउँदै आकासिएको मूल्यवृद्धिले जनताको ढाड सेकेको छ । बिहान बेलुका मजदुरी गरेर खाने वर्ग थप पीडामा परेको छ ।
     
    आज बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जेठ ९ गते दर्ता गराउनुभएको सार्वजनिक महत्त्वको प्रस्तावमाथि छलफल भएको थियो । 
     
    मूल्यवृद्धि कम गर्ने विषयमा सरकारको तयारी नहुँदा जनताले थप सास्ती व्यहोर्नुपरेको एमालेका सांसद गोकुल बाँस्कोटाले आरोप लगाउनुभयो । 
     
    नेपाली कांग्रेसका सांसद गगन थापाले भन्सार, सडक, प्रदूषण शुल्क कर घटाएर भएपनि बढ्दै गएको इन्धनको मूल्य समायोजन हुनुपर्ने बताउनुभयो । 
     
    जनतालाई राहात दिने कुरामा सरकारले खेलाँची गर्न नहुने भन्दै कांग्रेस सांसद डा.मीनेन्द्र रिजालले तीन तहको सरकारलाई अपनत्व हुनेगरी जिम्मेवार बनाउनुपर्ने बताउनुभयो । 
     
    सीमानाको नियमन गर्ने कुरामा सरकार प्रतिबद्ध हुनुपर्ने बताउँदै एमाले सांसद डा. भीम रावलले अनावश्यक बाह्य मूल्यको चाप व्होर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताउनुभयो । 
     
    प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८०को बजेटमाथि उठेका प्रश्नहरूको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुभएको थियो । सोही क्रममा बोल्दै अर्थमन्त्री शर्माले बजेटको आकार ठूलो भएपनि बजेट घाटा न्यून रहेको दाबी गर्नुभयो । 
     
    सांसदहरूले सार्वजनिक महत्वका विषयमा उठाएका सवालबारे भने आजको बैठकमा छलफल भएन । मूल्यवृद्धिको मारमा परेका जनताको जीवन सहज बनाउन यस्ता सार्वजनिक महत्वका प्रस्तावमाथि सरकार जिम्मेवार बन्नुपर्ने देखिन्छ । 
     


    शुक्रवार, जेठ २० २०७९०८:२९:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij