Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुन्दर हरिजन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु

सुन्दर हरिजन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु

  • शुक्रवार, जेठ २० २०७९

  • 682
    SHARES

  • सुन्दर हरिजन मृत्यु प्रकरण : आयोगद्वारा अनुसन्धान सुरु

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले रोल्पाको कारागारमा भएको घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

    बाँकेको नेपालगञ्जका सुन्दर हरिजनको रोल्पा जिल्ला कारागारमा सट्टा कैदीबन्दीको रूपमा जेल सजाय भोगिरहेको अवस्थामा गत जेठ ४ गते मृत्यु भएको थियो ।

    सो घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण जनाउँदै अनुसन्धान सुरु गरिएको विज्ञप्तिमार्फत जानकारी दिएको हो । आयोगको नेपालगञ्ज कार्यालयको अनुगमन टोलीले जेठ १९ गतेदेखि घटना सम्बन्धमा स्थलगत अनुसन्धान शुरू गरेको हो ।

    ‘उक्त घटनालाई आयोगले गम्भीर रूपमा लिई गत जेठ ५ गतेदेखि नै सम्बन्धित सरोकारवालासँग जानकारी लिनुका साथै नेपाल सरकार लगायत सम्बद्ध नियकाबाट भइरहेका कार्यहरूको नजिकबाट अनुगमन गरिरहेको थियो । मोवाइल चोरीको आरोपमा नाबालक अवस्थामा कारागार चलान गरिएका सुन्दर हरिजनले हातहतियार मुद्दामा जेल सजाय तोकिएका सुर्खेतका विजयविक्रम शाहको नाममा रोल्पा कारागारमा रहेको अवस्थामा आत्महत्या गरेको जानकारी आयोगलाई प्राप्त भएको छ’, प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     


    शुक्रवार, जेठ २० २०७९०४:५०:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij