Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य

प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य

  • बिहिवार, जेठ १९ २०७९

  • 609
    SHARES

  • प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल-डिजेलको मूल्य
    काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको छ । बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०(१० रुपैयाँले घटाउने निर्णय गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । 
     
    अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।
     
    अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताउनुभयो । 
     
    सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रुपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो ।
     
    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य बढ्दै जाँदा उच्च दरको करका कारण मूल्य पनि आकासिएको थियो । डा. युवराज खतिवडा अर्थमन्त्री भएका बेला प्रतिलिटर इन्धनमा पूर्वाधार कर समेत जोडेर लिन सुरु भएको थियो । त्यसलाई हटाउन माग हुँदै आएपनि सरकारले बेवास्ता गर्दै आएको थियो ।
     
    खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन।


    बिहिवार, जेठ १९ २०७९०८:३९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij