Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बोटल तथा जारको पानीका उपभोक्तालाई लागू भयो यस्तो नियम 

बोटल तथा जारको पानीका उपभोक्तालाई लागू भयो यस्तो नियम 

  • बिहिवार, जेठ १९ २०७९

  • 2.2K
    SHARES

  • बोटल तथा जारको पानीका उपभोक्तालाई लागू भयो यस्तो  नियम 
    काठमाडौं । बोटल तथा जारको पानीका उद्योगी तथा उपभोक्ताहरूका लागि नयाँ नियम लागू गरिएको छ । नेपाल बोटल वाटर उद्योग संघले बोटल तथा जारको पानीको गुणस्तर परीक्षण गरेर ‘बारकोड स्टिकर’ टाँस्ने नियम आज बिहीबारदेखि लागु गरेको हो । 
     
    पानीको गुणस्तर मापदण्ड पुरा गरेका पानीमा मात्रै स्टिकर टाँसिने भएकाले स्टिकर टाँसिएका बोटल तथा जारको पानी मात्रै प्रयोग गर्न संघले आग्रह गरेको छ । 
     
    पानीको गुणस्तरमाथि पटक–पटक प्रश्न उठेकाले गुणस्तरहिन पानीको बिक्री वितरण न्यूनीकरण गर्न संघले स्टिकरको व्यवस्था गरेको संघका अध्यक्ष ध्रुव गौतमले जानकारी दिनुभयो ।
     
    संघले संसदीय समिति र सरकारका विभिन्न निकायहरूसँग समन्वय गरेर गुणस्तर परीक्षण गरी स्टिकर टाँस्ने व्यवस्था बिहीबार आजदेखि सुरु गरेको उहाँले बताउनुभयो । 
     
    संघले आयोजना गरेको पत्रकार सम्मेलनमा संघका महासचिव गोकुल थापाले गुणस्तर परीक्षण नगराएका वा गुणस्तर परीक्षण गर्दा मापदण्ड पुरा नगरेकाहरूले स्टिकर टाँस्न नमिल्ने जानकारी दिनुभयो ।
     
    “गुणस्तरको मापदण्ड पुरा गरेका कम्पनीहरूलाई ‘बारकोड स्टिकर’ दिएका छौं,’ मापदण्ड पुरा नगरेकाहरूले पाएका छैनन्,” उहाँले भन्नुभयो । संघमा अहिले काठमाडौ उपत्यकाका मात्रै १ सय ८२ पानी कम्पनी आबद्ध रहेको र ती सबैको पानी परीक्षण हुने गरेको उहाँले बताउनु भयो । 
     
    गुणस्तर परीक्षण गरिएका मध्ये केही उद्योगको पानी गुणस्तरहिन  देखिएको जानकारी दिँदै उहाँले त्यस्ता उद्योगलाई स्टिकर नदिइएको स्पष्ट पार्नुभयो । संघका अध्यक्ष गौतमले कुनै जार वा बोटलको पानी बारे कुनै गुनासो वा उजुरी भएका प्रमाणसहित संघमा जानकारी गराउन पनि आग्रह समेत गर्नुभएको छ ।  
     
    “हामी जसरी हुन्छ, पानी उद्योगलाई जिम्मेवार, व्यवस्थित र विश्वसनीय बनाउन चाहन्छौँ, त्यसका लागि पानीको गुणस्तर परीक्षण गरी बारकोड स्टिकर टाँस्ने व्यवस्था गरेका हौँ,” अध्यक्ष गौतमले भन्नुभयो । 
     
    उहाँले उपभोक्ताको हितलाई मुख्य प्राथमिकता दिएर यस व्यवसायलाई पवित्र, सम्मानित र आलोचनारहित बनाउनका लागि संघले प्रयास गरिरहेको बताउनुभयो । पेट्रोलियम पदार्थको मुल्यबृद्धिसँगै अधिकांश बस्तु तथा सेवाको मूल्यवृद्धि भएपनि पानीको मूल्यवृद्धि भने नगरिएको उहाँले स्पष्ट पार्नुभयो । 
     
    “इन्धनको मूल्य यवृद्धिका कारणले बोटल तथा जारको पानीको लागत, ढुवानी र सञ्चालन खर्चबढे पनि हामीले मूल्य बढाएका छैनौँ, बरु गुणस्तर बढाउन ध्यान दिएका छौँ,” अध्यक्ष गौतमको दाबी छ ।
     
    संसदीय समितिको निर्देशन अनुसार एक लिटरको बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको अधिकतम मूल्य ४७ रुपैयाँ तोकिएको पनि अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
     
     
     
     


    बिहिवार, जेठ १९ २०७९०३:३७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij