Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कांग्रेसलाइै धेरै चुरीफुरी नगर्न प्रचण्डको चेतावनी

कांग्रेसलाइै धेरै चुरीफुरी नगर्न प्रचण्डको चेतावनी

  • बिहिवार, जेठ १९ २०७९

  • 1.1K
    SHARES

  • कांग्रेसलाइै धेरै चुरीफुरी नगर्न प्रचण्डको चेतावनी

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसलाई धेरै चुरीफुरी नगर्न कडा चेतावनी दिएका छन् अन्यथा ठेगान लगाइदिने भन्दै आक्रोश समेत पोखेका छन् ।

    स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन हिजो (बुधबार) आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले कांग्रेसले अहंकार बढाएको खण्डमा ठेगान लगाइदिने चेतावनी दिएका हुन् ।

    विगतमा एमालेले अहंकार बढाउँदा आफूहरूले ठेगान लगाइदिएको स्मरण गराउँदै प्रचण्डले कांग्रेसलाई पनि त्यसैगरी ठेगान लगाइदिने बताएका छन् ।


    बिहिवार, जेठ १९ २०७९१०:२९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij