Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द

बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द

  • बुधवार, जेठ १८ २०७९

  • 694
    SHARES

  • बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द

    काठमाडौं । काठमाडौं जिल्ला अदालतले बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी यसअघि भएको अन्तरकालीन आदेश बदर गरेको छ ।

    बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

    यसअघि पशुपति क्षेत्र विकास कोषले करार भंग भएको भन्दै होटल सञ्चालन गर्न नदिएपछि बतास समूहले अदालतमा मुद्दा दिएको थियो । जिल्ला अदालत काठमाडौंले होटल सञ्चालन गर्न बतास समूहलाई अवरोध नगर्न अन्तरकालीन आदेश दिएको थियो ।

    सो अन्तरकालीन आदेशविरुद्ध पशुपति क्षेत्र विकास कोषले दिएको निवेदनको सुनुवाई गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुन बमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो ।

    यो आदेशसँगै बतास समूहले पशुपति धर्मशालामा होटल सञ्चालन गर्ने बाटो बन्द भएको छ ।

    batas-samuha.jpgbatas-samuha-1.jpg


    बुधवार, जेठ १८ २०७९०७:२७:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij