Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको अर्थमन्त्रीको प्रष्टोक्ति

बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको अर्थमन्त्रीको प्रष्टोक्ति

राष्ट्रिय सभामा बजेट माथिको छलफल सकियो
  • बुधवार, जेठ १८ २०७९

  • 976
    SHARES

  • बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको अर्थमन्त्रीको प्रष्टोक्ति
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट बनाउँदा आफ्नो दिमागमा चुनाव भन्ने कुरा नरहेको प्रष्ट पार्नुभएको छ । राष्ट्रियसभामा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले चुनावलाई ध्यानमा राखेर बजेट नल्याइएको बताउनुभयो ।
     
    प्रतिपक्षी सांसदहरूले बजेटमा उल्लेखित केही विषय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई केन्द्रित रहेर लोकप्रियताका लागि ल्याइएको आरोप लगाएको सन्दर्भमा मन्त्री शर्माले यस्तो बताउनुभएको हो । ‘इन्डक्सन चुलो’ वितरण गरेर ‘भोट साट्न खोजेको’ आरोप लगाइएको तर्फ केन्द्रित हुँदै उहाँले भन्नुभयो, ‘यो निर्वाचनसँग सम्बन्धित कुरा होइन । प्रतिपक्षलाई पनि सँगै लगेर बाँडौँला । भोट साट्ने कुरा छैन, ढुक्क हुनुभए हुन्छ ।’
     
    उहाँले पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले शिक्षामा सरकारले बजेट बढाएको तर्क गर्दै हरेक युवालाई सीपयुक्त बनाउने कार्यक्रम ल्याइएको बताउनुभयो । 
     
    बजेट वक्तव्य तयार गर्दा कुनचाहिँ कुरा राख्ने, कुनचाहिँ कुरा काट्ने भन्ने द्विविधा हुने प्रस्ट पार्दै उहाँले कतिपय कुरा समावेश गर्न छुटे पनि सरकारको प्राथमिकतामा रहेको प्रस्ट पार्नुभयो । निजी क्षेत्रलाई विकासको साझेदारका रुपमा लिएको भन्दै उनले स्वास्थ्य क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । यस्तै, कृषिमा पनि सरकारले प्राथमिकताका साथ कार्यक्रम राखेको जनाउनुभएको छ ।
     
    संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफल सकिएको छ । 
     
    सरकारले जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमाथि राष्ट्रिय सभामा अस्ति, हिजो र आजसम्म छलफल भयो । छलफलका क्रममा सांसद्हरुले राखेका प्रश्नबारे आज अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिनुभएको छ । 
     
    आज सांसद्हरुले उठाएका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने क्रम सकिएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बजेट माथिको सामान्य छलफल सकिएको घोषणा गर्नुभयो । उहाँले राष्ट्रिय सभाको आगामी बैठक भोलि दिउँसो १ बजे बस्ने जानकारी दिनुभएको छ । 
     


    बुधवार, जेठ १८ २०७९०५:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij