काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको दशौं अधिवेशन आजदेखि सुरु हुँदै छ । आज दिउँसो ३ बजे बस्ने दशौं अधिवेशन सुरु हुन लागेको हो ।
अधिवेशनको पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखबाट आएको पत्र पढेर बैठक सञ्चालन सम्बन्धी जानकारी गराउने, अहिलेसम्म सभाबाट पारित भई प्रमाणीकरण भएका विधेयकको सामान्य जानकारी गराउने कार्यसूची रहेको सभाका सूचना अधिकारी युवराज जैशीले जानकारी दिनुभयो ।
यस्तै पहिलो बैठकमा दलगत रुपमा शुभकामना आदान प्रदानका लागि विशेष समयमा रहेको छ । उहाँले आर्थिक मामिला मन्त्रालयले बजेटको प्राथमिकरण र सिद्धान्तमाथि छलफलका लागि समय माग गरेको बताउनुभयो । सभामा मन्त्री प्रकाश रावलले सो प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ ।