काठमाडौं । पूर्वपश्चिम रेलमार्ग बर्दिबास–निजगढ खण्डको निर्माण गर्न तीव्रता दिइने अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।
बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले वीरगञ्ज काठमाडौं रेलमार्ग र काठमाडौं मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बताउनुभयो । यसका लागि ६ अर्ब ५३ करोड बजेट विनियोजन गरिएको छ ।
वीरगञ्ज, भैरहवा, पोखरालगायतका सहरमा ट्राम यातायात सञ्चालनमा गर्न पनि सम्भाव्यता अध्ययन गरिने अर्थमन्त्रीले बताउनुभयो। जनकपुर जयनगर रेल यातायात कुर्थासम्म विस्तार गरिने पनि उहाँले बताउनुभयो ।
बिर्तामोड–जलेश्वर रेल यातायातको सम्भाव्यता अध्ययन गर्न पनि बजेट बिनियोजन गरिने उहाँको भनाइ छ ।