Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने (LIVE)

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने (LIVE)

  • आइतवार, जेठ १५ २०७९

  • 630
    SHARES

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य अगाडि बढाइने (LIVE)
    काठमाडौँ । सरकारले बाराको निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बढाउन बजेटमा योजना राखेको छ ।
     
    सर्वोच्च अदालतले बिहीबार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न फैसला गरेको अवस्थामा सरकारले भने बजेटमा नै विमानस्थल निर्माणका लागि योजना ल्याएको हो । 
     
    अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९-८० को बजेटमा निजगढ विमानस्थल निर्माणको योजना अगाडि सार्नुभएको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा मन्त्री शर्माले भन्नुभयो,'निजगढ विमानस्थल पुनर्निर्माणको लागि ढाँचा निर्माण गरी लगानी बोर्ड नेपालमार्फत आयोजना विकास कार्य अगाडि बढाइनेछ ।'
     
    त्यस्तै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने पनि अर्थमन्त्री शर्माले जानकारी दिनुभयो ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई व्यवस्थित गर्न ट्याक्सी वे र दोस्रो टर्मिनल भवन निर्माणका लागि २ अर्ब २० करोड बजेटमा विनियोजन गरिएको छ । हवाई तथा यात्रु चापको विश्लेषणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माण कार्य अगाडि बढाइने बजेटमा उल्लेख छ ।
     
    'धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न सम्भाव्यता अध्ययन गरिने छ । सुर्खेतको रामघाटमा प्रादेशिक विमानस्थल निर्माणको कार्य अगाडि बढाइनेछ, 'संसदमा बजेट प्रस्तुत गर्ने क्रममा मन्त्री शर्माले भन्नुभयो । 
     
    (LIVE)
     
     
     


    आइतवार, जेठ १५ २०७९०५:१७:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij