Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन

सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन

  • आइतवार, जेठ १५ २०७९

  • 381
    SHARES

  • सेनाको टोली मानापाथी हिमालतर्फ परिचालन
    काठमाडौं । तारा एयरको सम्पर्कविहीन ९ एन–‘एईटी’ ट्विनअटर विमान खोज्नका लागी नेपाली सेनाले आफ्नो फौज मुस्ताङको मानापाथी हिमालतर्फ केन्द्रित गरेको छ । 
     
    स्थानीयले दिएको सूचनाका आधारमा मानापाथी हिमालको पहिरोमुनि उद्धार टोलीलाई परिचालन गरिएको सैनिक प्रवक्ता (सहायकरथी) नारायण सिलवालले बताउनुभयो ।
     
    सेनाको टिम जाँदै गरेको मानापाथी हिमालको पहिरो नाउरिकोटबाट उत्तर पश्चिममा पर्छ । सैनिक टोली जाँदै गरेको ठाउँबाट लाङ्को खोलाको मुहान सुरु हुन्छ । नेपाली सेनाको एमआई-१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङमा अवतरण गरिएको छ । हेलिकप्टरमा पोखरास्थित मध्यकमाण्डका जर्नेल नेतृत्वमा उद्धारकर्मी छन् । 
     
    विमानको खोजीमा ४ वटा पैदल टिमलाई  मानापाथी हिमालको पहिरोतर्फ डाईभट गरिएको सहायकरथी सिलवालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो । ‘सकेसम्म चाँडो पुग्न भनेका छौं, लगातार वर्षा र कुहिरोका कारण खोजी कार्य असहज भएको छ ।’  
     
    फौज पुगेर नहेरेसम्म विमान भेटिएको पुष्टि नहुने सहायकरथी सिलवालले बताउनुभयो । बाक्लो हुस्सुका कारण सम्भावित ठाउँमा हेलिकप्टर जान सकेको छैन ।


    आइतवार, जेठ १५ २०७९०५:०४:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij