Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

बजेट नागरिकको विकास र समृद्धिको आकांक्षामा केन्द्रित छ : अर्थमन्त्री शर्मा

बजेट नागरिकको विकास र समृद्धिको आकांक्षामा केन्द्रित छ : अर्थमन्त्री शर्मा

  • आइतवार, जेठ १५ २०७९

  • 343
    SHARES

  • बजेट नागरिकको विकास र समृद्धिको आकांक्षामा केन्द्रित छ : अर्थमन्त्री शर्मा
    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्ने गरी बजेट ल्याएको बताउनुभएको छ । मन्त्री शर्माले आगामी आर्थिक वर्ष ०७९-८० को बजेट प्रस्तुत गर्दै गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेको वर्ग, क्षेत्र, लिङ्ग र समुदायलाई केन्द्रमा राखेर बजेट बनाएको बताउनुभयो । 
     
    ‘गरिबीको रेखामुनि रहेका तथा विभेद र बहिष्करणमा रहेका वर्ग, क्षेत्र, लिङ्ग, जाति र समुदायलगायत सबै नागरिकको विकास र समृद्धिको आकांक्षा सम्बोधन गर्न बजेट केन्द्रित गरेको छु,’ उहाँले भन्नुभयो ।
     
    उहाँले गठबन्धन सरकारका साझा न्यूनतम कार्यक्रम, संघीय सांसद र प्रदेश तथा स्थानीय सरकारको माग र सुझावमा आधारित भएर बजेट बनाएको बताउनुभएको छ । । 


    आइतवार, जेठ १५ २०७९०४:२८:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij