Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण, यस्तो छ पछिल्लो अपडेट 

सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण, यस्तो छ पछिल्लो अपडेट 

  • आइतवार, जेठ १५ २०७९

  • 1.3K
    SHARES

  • सेनाको टोली मुस्ताङको नर्सिङ गुम्बामा अवतरण, यस्तो छ पछिल्लो अपडेट 
    काठमाडौं । तारा एयरको बेपत्ता जहाज खोजीका लागि गएको नेपाली सेनाको हेलिकोप्टर मुस्ताङको नर्सिङ गुम्बा भन्ने स्थानमा अवतरण गरेको छ ।
     
    त्यहाँबाट नेपाली सेनाका १० जना र नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई जनाको टोली मोबाइलको लोकेसन पत्ता लागेको तर्फ गएको नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीले बताएका छन् ।
     
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पैदलयात्राबाट पनि सेना र प्रहरीको टोली पनि परिचालन गरिएको छ । काठमाडौंबाट हिमालयन रेस्क्युको टोली पनि पठाइएको छ ।
     
    महाप्रबन्धक ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा टिटी लेक आसपासमा लोकेसन पत्ता लागेकाले खोजी त्यतै केन्द्रित गरिएको छ ।


    आइतवार, जेठ १५ २०७९०३:१५:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij