काठमाडौं । पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले गणतन्त्रको प्रत्याभूति देशका सबै जनताले गर्न पाएको बताउनुभएको छ ।
उहाँले गणतन्त्रको प्रत्यक्ष अनुभूति मधेसदेखि पहाड सबै क्षेत्रका जनताले गर्न पाएको बताउनुभएको हो ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै त्रिपाठीले भन्नुभयो,“नेताहरुले आफ्नै कमजोरी नस्वीकार्दा समस्या उत्पन्न हुने गरेको छ, राजनीतिक संस्कारको कमीले गर्दा पनि समस्या छ ।”
राजनीतिक नेतृत्वको गल्तिले देशको व्यवस्था माथि प्रश्न उठाउन नमिल्ने उहाँको तर्क छ ।