काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवम् संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले देशमा गणतन्त्रपछि जनताले परिवर्तन अनुभूति गरेको धारणा राख्नुभएको छ ।
राजनीतिक दलका नेताहरूमा कमी कमजोरी हुँदा हुँदै पनि देशलाई विकसित तुल्याउन थुप्रै सकारात्मक प्रयास भएको उहाँको भनाइ छ ।
नेपाली रेडियो नेटवर्क – एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता नेम्वाङले भन्नुभयो,“जनतालाई पूर्णरुपमा सन्तुष्ट बनाउन सकेको भन्न कुनै पनि दृष्टिकोणबाट मिल्दैन, कमी कमजोरी हामी राजनीतिक दलहरूमा छन ती समस्यालाई न्यूनिकरण गर्दै जाने हो, गणतन्त्रपश्चात् देश समृद्धिको बाटोमा अघि बढिरहेको छ ।”
उहाँले गणतन्त्रका सबल पक्षबाट पाठ सिक्दै सबै राजनीतिक दलहरू देश विकासमा लाग्नुपर्ने बताउनुभयो ।