काठमाडौं । नेपालीको प्रतिव्यक्ति आय एक हजार ३८१ डलर पुगेको छ ।
अर्थमन्त्री जनार्दन शर्माले शनिबार प्रतिनिधिसभामा पेश गुर्नभएको आर्थिक वर्ष ०७८-७९ को आर्थिक सर्वेक्षण अनुसार नेपालीको आय एक वर्षमा १०.८ प्रतिशतले बढेको हो ।
यसअघि आर्थिक वर्ष ०७७-७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार ३८१ डलर पुग्ने अनुमान गरिएको छ ।