Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने

  • शनिवार, जेठ १४ २०७९

  • 571
    SHARES

  • कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने

    काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ ।

    वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने जनाइएको हो । यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो ।


    ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले परीक्षा अवधिमा सार्वजनिक बिदाका दिनबाहेक अन्य दिन दैनिक तीन सिफ्टमा छ सय जनाको दरले परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ ।


    शनिवार, जेठ १४ २०७९०६:०८:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij