Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज आर्थिक सर्वेक्षण, भोलि बजेट

आज आर्थिक सर्वेक्षण, भोलि बजेट

  • शनिवार, जेठ १४ २०७९

  • 625
    SHARES

  • आज आर्थिक सर्वेक्षण, भोलि बजेट

    काठमाडौं । प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८-७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

    बैठकमा शुक्रवार नै आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पेस हुन पाएन ।

    आउँदा आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेस गर्नुपर्ने व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यक्रम छ ।

    यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले आउँदो आर्थिक वर्षको बजेट पेस गर्नुहुनेछ । गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेस गर्ने गरी संविधानमा नै व्यवस्था छ ।


    शनिवार, जेठ १४ २०७९०५:५०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij