Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

इजरायलसँग सम्बन्ध राख्नेलाई इराकले मृत्युदण्ड दिने 

इजरायलसँग सम्बन्ध राख्नेलाई इराकले मृत्युदण्ड दिने 

  • शुक्रवार, जेठ १३ २०७९

  • 593
    SHARES

  • इजरायलसँग सम्बन्ध राख्नेलाई इराकले मृत्युदण्ड दिने 
    काठमाडौं । इराकको संसदले इजरायलसँग सम्बन्ध सुधार गर्ने कार्यलाई गम्भीर अपराध करार गर्ने विधेयक पास गरेको छ । विधेयकअनुसार अब इजरायलसँग सम्बन्ध विकास गर्ने वा सुधार गर्ने जो कसैलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुनेछ । 
     
    ‘जियोनिष्ट निकायसँग सम्बन्ध विकास अथवा सामान्यीकरणको अपराधीकरण’ शीर्षकको विधेयक मंगलबार पारित भयो । ३२९ सदस्यीय इराकको संसदका २७५ विधायकले विधेयकको पक्षमा मतदान गरेका थिए । 
     
    इराकले हालसम्म इजरायललाई राष्ट्रको मान्यता दिएको छैन र इराकी नागरिक तथा उद्योगलाई इजरायल प्रवेशमा बन्देज छ ।
     
    नयाँ कानुन सम्पूर्ण इराकी नागरिक, सरकारी तथा नीति संस्थान लगायत इराकमा काम गरिरहेका विदेशीहरूमाथि पनि लागू हुनेछ । यो विधेयक इराकका प्रभावशाली सिया धर्मगुरु मुक्तदा अल-सद्रले प्रस्ताव गरेका थिए । गत अक्टोबरमा सम्पन्न निर्वाचनमा इराकी संसदमा सद्रको पार्टीले सबैभन्दा धेरै सिट जितेको छ ।
     
    मुक्तदा अल–सद्रको पार्टीले इजरायलसँग मात्र होइन अमेरिकासँगको सम्बन्धको पनि विरोध गर्ने गर्छ । पछिल्लो समय संयुक्त अरब एमिरेट्स तथा बहराइन लगायतका खाडी मुलुकहरूले इजरायलसँग सम्बन्ध सामान्यीकरण गरिरहेका छन् ।  
     
    इरानबाट उत्पन्न साझा चुनौती सामना गर्न इजरायलसँग नजिकिनु परेको ती मुलुकले तर्क दिने गरेका छन् । 


    शुक्रवार, जेठ १३ २०७९०६:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij