Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला : ७० प्रतिशतसम्म छुट, हजार मोडलका जुत्ता पाइने

भृकुटीमण्डपमा जुत्ता चप्पल मेला : ७० प्रतिशतसम्म छुट, हजार मोडलका जुत्ता पाइने

  • शुक्रवार, जेठ १३ २०७९

  • 608
    SHARES

  • भृकुटीमण्डपमा जुत्ता चप्पल मेला : ७० प्रतिशतसम्म छुट, हजार मोडलका जुत्ता पाइने

    काठमाडौं । भृकुटीमण्डपमा हिजो (बिहीबार) देखि वृहत जुत्ता चप्पल मेला सुरु भएको छ । मेलामा हजार मोडलका जुत्ता चप्पल रोजेर किन्न पाइने आयोजकले बताएका छन् ।

    मेलाका संयोजक रामहरी तोलाङ्गले मेलामा जुत्ता चप्पल किन्दा ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताउनुभयो । उहाँका अनुसार मेलामा धेरै ग्राहक आउने र व्यापार पनि धेरै हुने भएकाले थोरै मात्रै नाफा खाएर दिन सकिने भएको हो ।

    “व्यापार धेरै भएपछि छुट पनि धेरै दिन सकिने भएकाले हामीले ३० देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेका हौँ,” संयोजक तोलाङ्गले भन्नुभयो । मेलामा झण्डै एक दर्जन जुत्ता चप्पल उद्योगहरुको उत्पादन राखिएको सिखर सुका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले जानकारी दिनुभयो । आफूहरुले विगतमा आयोजना गरेका यस्तै मेलामा ग्राहकहरुको आकर्षण बढेकाले ग्राहकहरुकै माग अनुसार यस पटक पनि मेला आयोजना गरिएको उहाँको भनाइ छ ।

    नेपाली उद्योगले नै उत्पादन गरेको जुत्ता चप्पल पनि अहिले विदेशी जुत्ता चप्पलभन्दा राम्रा उत्पादन हुने गरेको कुरा आफूले विगतका मेलामा किनेका जुत्ता चप्पलको प्रयोगबाट महसुस गरेको काठमाडौको बानेश्वरका बासिन्दा सुरेश श्रेष्ठले बताउनु भयो ।

    उहाँले विगतका मेलामा किनेका जुत्ता चप्पलबाट सन्तुष्ट भएकाले अहिलेको मेलामा पनि जुत्ता चप्पल किन्न परिवारसहित आएको जानकारी दिनुभयो । विदेशी जुत्ता चप्पल गुणस्तरभन्दा मूल्य बढी हुने गरेको अनुभव सुनाउदै उहाँले भन्नुभयो, “नेपाली जुत्ता चप्पल गुणस्तर र टिकाउ अनुसार मुल्य पनि सस्तो छ ।” “विदेशी भनेपछि जस्तोलाई पनि राम्रो मान्ने नेपालीहरुको मानसिकता छ, त्यो गलत र भ्रमण पूर्ण हो, विदेशीभन्दा नेपाली जुत्ता नै धेरै बलिया, राम्रा, आकर्षक र सस्तो पनि छ,” मेलामा भेटिएकी अर्की ग्राहक एलिशा ज्ञवालीले भन्नुभयो ।

    नेपाली उपभोक्ताले नेपाली उत्पादन नै प्रयोग गर्दै जाने हो भने नेपाली उद्योग फस्टाएर थप गुणस्तरीय जुत्ता चप्पल थप सस्तोमा पाइन सकिने भएकाले नेपाली जुत्ता चप्पल प्रयोग गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो ।

    अन्यत्र २५ सय रुपैँया पर्ने जुत्तालाई मेलामा आफुले ७ सय रुपैयाँमा पाएकाले मेलालाई आफुले अवसरको रुपमा लिएको ज्ञवालीको भनाई छ ।

    मेलामा निम्न आय भएकादेखि उच्च आय भएकासम्मका सबै प्रकारका ग्राकहरुको भिड लागेको पाइएको छ । मेला यही जेठ ३१ गतेसम्म चल्ने आयोजकहरुले जानकारी दिएका छन् ।

     

    283787896_5181481645277259_9188301431019938373_n.jpg283787896_5181481645277259_9188301431019938373_n.jpg


    शुक्रवार, जेठ १३ २०७९०६:४७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij