Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्वतन्त्र उम्मेदवारको विजय दलप्रति विद्रोहको संकेत : डा. रिजाल

स्वतन्त्र उम्मेदवारको विजय दलप्रति विद्रोहको संकेत : डा. रिजाल

  • शुक्रवार, जेठ १३ २०७९

  • 501
    SHARES

  • स्वतन्त्र उम्मेदवारको विजय दलप्रति विद्रोहको संकेत : डा. रिजाल

    काठमाडौं । बरिष्ठ चिकित्सक डा.भोला रिजालले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारको विजयले राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको बताउनुभएको छ ।

    काठमाडौं, धरान, धनगढीसहितका स्थानीय तहमा स्वतन्त्र उम्मेदवारको विजय राजनीति दलप्रति जनताको विद्रोहको संकेत रहेको उहाँले बताउनुभएको हो ।

    नेपाली रेडियो नेटवर्क– एनआरएन को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा.रिजालले भन्नुभयो,“अहिले स्थानीय तहको चुनावको मत परिणामले स्पष्टरुपमा राजनीतिक दलहरूप्रतिको विद्रोह सुरु भएको छ, युवाहरू नेतृत्व तहमा पुग्ने ठूलो सफलता हो ।”

    स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका काठमाडौं महानगरमा बालेन साह, धरान उपमहानगरमा हर्क साम्पाङ राई, धनगढी उपमहानगरमा गोपाल हमालसहित निर्वाचित भएको प्रसङ्ग कोट्याउँदै उहाँले राजनीति दलका नेताको निर्णय प्रवृत्तिको विद्रोहको संकेत रहेको बताउनुभएको छ ।

    दलहरूले निर्णय प्रक्रिया सच्याउनुपर्ने उहाँको भनाइ छ । दलहरूले जनताको भावना नबुझी आफ्नो निर्णय लाद्ने प्रवृत्तिको विरोधमा जनताको मत जाहेर भएको भन्दै डा.रिजालले अब लोकतन्त्र बलियो भएको बताउनुभएको छ ।


    शुक्रवार, जेठ १३ २०७९०६:४४:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij