Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई झलनाथको जवाफ : मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

ओलीलाई झलनाथको जवाफ : मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ

  • बिहिवार, जेठ १२ २०७९

  • 1.0K
    SHARES

  • ओलीलाई झलनाथको जवाफ : मैले राज्यलाई ५५ रोपनी जग्गा दिएँ
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मात्रै राज्यलाई आफ्नो चलअचल सम्पत्ति नदिएको जवाफ दिएका छन् ।
     
    बिहीबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता खनालले आफूले ओलीभन्दा १५ वर्ष अगाडि आफू प्रधानमन्त्री भएको र त्यसबेला आफूले राज्यलाई ५५ रोपनी जग्गा दिएको बताएका हुन् । 
     
    ‘उहाँले मैले सबै श्री सम्पत्ति, चल अचल सम्पत्ति राज्यलाई बुझाएँ त्यस्तो अरू कोही छ भन्नुभो ? मलाई यसको जवाफ दिन खसखस लागिहाल्यो’, खनालले ओलीलाई जवाफ दिँदै भने, ‘उहाँ जतिबेला प्रधानमन्त्री हुनुभयो, त्योभन्दा निकै अगाडि म प्रधानमन्त्री भएँ । आजभन्दा १५ वर्ष अगाडि ।’ 
     
    उनले उक्त जमिनमा अहिले सिटीभिटीईको भवन बनेको बताए । ‘त्यसबेला इलाममा रहेको मेरो पैतृक सम्पत्तिका रूपमा रहेको ५५ रोपनी जग्गा मैले राज्यलाई दिएर सीटीईभीटी निर्माण गरेँ । सिटीभिटी भवन निर्माण गर्न जग्गा खोज्दा झ्याप्प झुप्प मिलेन । अनि आफ्नै जग्गा दिएर सिटीइभिटी बनाएँ,’ उनले एकचोटी त्यो सिटीभिटी डाँडामा गएर अवलोकन गर्न सांसदहरूलाई आग्रह पनि गरे । खनालले ओलीले मात्रै नभएर अब क्रमशः अरू नेताले पनि आफ्नो सम्पत्ति राज्यलाई दिँदै जानेको संख्या थपिने भएकाले चिन्ता नगर्न आग्रह गरे । 
    त्यस्तै उनले प्रमुख प्रतिपक्षलाई उन्मुलन नै गर्न खोजियो भन्ने ओलीको भनाइको प्रतिवाद गरे । ‘त्यो होइन बहुदलीय व्यवस्थामा प्रतिपक्ष हुन्छ उन्मुलन हुँदैन ।’ उनले संविधान प्वाल पार्नुचाहिँ गलत रहेको पनि बताए । ‘जुन संविधान हामीले बनायौँ त्यो प्वाल पार्ने काम पो नराम्रो तैपनि लाहा लगाएर टाल्यौ’, खनालको भनाइ छ । 
     
    खनालले ओलीको अर्को आरोपको पनि जवाफ दिए । नीति तथा कार्यक्रम आफ्नै नेतृत्वको सरकारले ल्याएभन्दा फरक नरहेको भनेको भन्दै आफैले ल्याएको नीति तथा कार्यक्रम काम नलाग्ने हो कि अहिलेको ? भनेर प्रश्न गरे । 
     
    त्यस्तो आग्रहबाट नचल्न ओलीलाई आग्रह गर्दै खनालले वर्तमान सरकारलाई परमादेशी सरकार भनेकोमा पनि आपत्ति जनाए । एमाले नामको पार्टी नेकपा बनेपछि नरहेको र अदालतकै आदेशबाट बनेको एमालेका नेताले सरकारलाई परमादेशी भन्न नसुहाउने बताए ।
     


    बिहिवार, जेठ १२ २०७९०७:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij