Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मेरो सबै सम्पत्ति राज्य र ट्रष्टका नाममा हुन्छ : ओली

मेरो सबै सम्पत्ति राज्य र ट्रष्टका नाममा हुन्छ : ओली

  • बिहिवार, जेठ १२ २०७९

  • 989
    SHARES

  • मेरो सबै सम्पत्ति राज्य र ट्रष्टका नाममा हुन्छ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सबै सम्पति राज्य र ट्रष्टका नाममा गर्ने उद्घोष गर्नुभएको छ ।

    आफ्नो सम्पत्ति राज्यलाई दान गर्ने व्यक्तिले भ्रष्ट्राचार गर्न नसक्ने उनको भनाइ छ ।

    एक फरक प्रशंगमा ओलीले स्थानीय तहको निर्वाचन जस्तो राज्यसंयन्त्रको दुरुपयोग गरेर कब्जा गर्ने क्रियाकलाप पञ्चालयले पनि नगरेको बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले अध्यक्ष ओलीले निर्वाचन स्वच्छ र धाँधलीरहीत हुन नसकेको बताए ।

    सम्भव भएसम्म सबै षड्यन्त्र, राज्यसंयन्त्रको हस्तक्षेप, त्रासदीपूर्ण वातावरणका बीच गठबन्धनले खटाएको उम्मेदवारलाई सरकारी उम्मेदवार जस्तो बनाएर भोट दिन आम जनतालाई बाध्य पार्ने काम भएको उनले बताए ।

    धेरै मतदाताको मत गठबन्धनका कार्यकर्ताले खसाएको भन्दै उनले भने, ‘न आफूले भनेको उम्मेदवारलाई मतदान गर्न पाइयो, न स्वच्छ ढंगले मतदान स्थलमा जान पाइयो ।’

    चुनावको समयमा गठबन्धनका नेताहरुले फलानालाई भोट नदिने हो भने देशमा दुर्घटना हुन्छ भनेको धम्क्याउने काम भएको उनले बताए ।

    प्रचण्डतर्फ संकेत गर्दै उनले अघि भने, ‘मान्छे मारिएका, अंगभंग भएका, त्यही चितवनमा बोरामा हालेर घिसारिघिसारी मान्छेको हत्या गरिएको झलझल सम्झिए ।’


    बिहिवार, जेठ १२ २०७९१२:५६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij