Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पेट्रोलमा पाँच, डिजेल र मटितेलमा २-२ रुपैयाँले मुल्य वृद्धि

पेट्रोलमा पाँच, डिजेल र मटितेलमा २-२ रुपैयाँले मुल्य वृद्धि

  • बुधवार, आषाढ १७ २०७७

  • 1.0K
    SHARES

  • पेट्रोलमा पाँच, डिजेल र मटितेलमा २-२ रुपैयाँले मुल्य वृद्धि

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य ५ रुपैयाँ बढाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यअनुसार नेपालमा इन्धनको मूल्य बढाउने निर्णय गरिएको हो ।

    निगमका अनुसार भारतले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७७ पैसा, डिजेलमा ५ रुपैयाँ ८८ पैसा र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ ६ पैसा बढेर आएको छ ।

    मंगलबारको निर्णयअनुसार पेट्रोलको खुद्रा मूल्य ५ रुपैयाँ, डिजेल र मटितेलमा २—२ रुपैयाँ बढाउने निर्णय गरिएको हो । नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि नै लागू भएको छ । खुद्रा मूल्य समायोजनपश्चात् थानकोट, सुर्खेत र दिपायलका लागि पेट्रोल प्रतिलिटर १ सय १, डिजेल ८७ र मटितेल ८७ रुपैयाँ पर्नेछ ।

    पोखरा र दाङका लागि पेट्रोल प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा , डिजेल ८६ रुपैयाँ ५० पैसा र मटितेल ८६ रुपैयाँ ५० पैसा पर्ने निगमले जनाएको छ । चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवरी, नेपालगन्ज र धनगढीका लागि पेट्रोल ९९ रुपैयाँ ५० पैसा, डिजेल ८५ रुपैयाँ ५० पैसा र मटितेल ८५ रुपैयाँ ५० पैसा तोकेको छ ।


    बुधवार, आषाढ १७ २०७७०६:०४:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij