Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

सशस्त्रमा एसएसपी बढुवाको सूचना वेबसाइटबाट अचानक हटाइयो

सशस्त्रमा एसएसपी बढुवाको सूचना वेबसाइटबाट अचानक हटाइयो

  • मंगलवार, जेठ १० २०७९

  • 620
    SHARES

  • सशस्त्रमा एसएसपी बढुवाको सूचना वेबसाइटबाट अचानक हटाइयो

    काठमाडौं – सशस्त्र प्रहरीको साधारण समूहतर्फ सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गर्ने बारेको सूचना गृहमन्त्रालय र सशस्त्र प्रहरी मुख्यालयले अचानक हटाएको छ ।

    वैशाख ९ मा बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले हस्ताक्षर गरेको सूचना प्रकाशित गरिएको थियो । तर, सो सूचना मङ्गलवार गृह मन्त्रालय र सशस्त्र प्रहरीको वेबसाइटबाट हटाइएको छ ।

    सूचनाअनुसार योग्यता पुगेका अधिकृतहरूलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवाका लागि ३ दिनभित्र आवश्यक कागजात पेस गर्न आग्रह गरिएको थियो । तर, सूचना गायब भएपछि कामु एसएसबीबाट पूर्ण एसएसपी हुन योग्य उम्मेदवार अलमलमा परेका छन् । सशस्त्र प्रहरी उपरीक्षकको ४ वर्षे पदावधिका कारण सिसम-१ मा भर्ना भएका ९ जना अधिकृतहरू कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक छन् ।

    उनीहरूलाई पूर्ण एसएसपीमा बढुवा गर्न सूचना प्रकाशन गरिएको गृह मन्त्रालयका अधिकारीहरू बताउँछन् । २०७९ वैशाख २७ मा चार वर्षे पदावधि पुरा गरेका उनीहरू बढुवाको प्रतिस्पर्धामा छन् ।


    मंगलवार, जेठ १० २०७९०५:२८:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij