Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

बजेट पाउन अनिवार्य राष्ट्रिय योजना आयोगबाट सिफारिस हुनुपर्ने

बजेट पाउन अनिवार्य राष्ट्रिय योजना आयोगबाट सिफारिस हुनुपर्ने

  • मंगलवार, जेठ १० २०७९

  • 476
    SHARES

  • बजेट पाउन अनिवार्य राष्ट्रिय योजना आयोगबाट सिफारिस हुनुपर्ने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

    नीता तथा कार्यक्रम प्रस्तुत गर्दै उहाँले योजना आयोगबाट सिफारिस नभएका आयोजनाहरूले बजेट नपाउने बताएकी छन् ।

    उनले विनियोजन कुशलता कायम गर्न दीर्घकालीन सोच अनुरूप राष्ट्रिय प्राथमिकताका आधारमा विकास कार्यक्रम र आयोजनालाई बजेटसँग आबद्ध गरिने बताइन् ।

    यस्तै, पूर्व तयारी नभएका र आयोजना बैंकमा प्रविष्ट नभएका आयोजनाले समेत बजेट नपाउने भएका छन् ।

    आगामी आर्थिक वर्षदेखि आयोजनाले बजेट पाउनका लागि योजना आयोगले सिफारिस गर्नै पर्ने व्यवस्था सरकारले गर्ने भएको छ ।

    यस्तै, बजेट पाउनका लागि आयोजनाहरू आयोजना बैंकमा प्रविष्ट समेत हुनुपर्ने छ ।


    मंगलवार, जेठ १० २०७९०४:४५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij