Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
सरकारको नीति तथा कार्यक्रम

स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ : राष्ट्रपति भण्डारी

स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ : राष्ट्रपति भण्डारी

  • मंगलवार, जेठ १० २०७९

  • 473
    SHARES

  • स्थानीय तह निर्वाचनले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ : राष्ट्रपति भण्डारी

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा स्थानीय तह निर्वाचन सम्पन्न भएकाले लोकतन्त्र जगैदेखि बलियो भएको बताएकी छन् ।

    मङ्गलवार संघीय संसदका दुवै बैठकलाई संयुक्त रूपमा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने सबैलाई सरकारका तर्फबाट धन्यवाद व्यक्त गरेकी छन् ।

    ‘निष्पक्ष, स्वतन्त्र शान्तिपूर्ण र भयरहित रूपमा स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । यसले लोकतन्त्रलाई जगैदेखि बलियो बनाएको छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘यस सुखद पृष्ठभूमिमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई आज संवोधन गर्न पाउँदा मलाई गर्वको अनुभूति भएको छ ।’


    मंगलवार, जेठ १० २०७९०४:४३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij