Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : कोअर्डिनेटर रहेका एमाले नेता पक्राउ

सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : कोअर्डिनेटर रहेका एमाले नेता पक्राउ

  • मंगलवार, जेठ १० २०७९

  • 940
    SHARES

  • सेन्ट लरेन्समा ‘यौन दुर्व्यवहार’ प्रकरण : कोअर्डिनेटर रहेका एमाले नेता पक्राउ

    काठमाडौं - चाबहिलको सेन्ट लरेन्स कलेजमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले क्याम्पसका कोअर्डीनेटरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भएका जनार्दन अधिकारी छन् ।

    अधिकारी नेकपा एमालेका नेता हुन् । उनी पूर्व सञ्चारमन्त्रीको मिडिया विश्लेषकका पनि नियुक्त भएका थिए ।

    नेकपा एमालेको काभ्रे जिल्ला समितिले उनलाई २०७४ मा प्रदेश सभा सदस्यमा सिफारिस गरेको थियो । सेन्ट लरेन्स कलेजका विद्यार्थीले आन्दोलन गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सुदीप गिरीले बताए । 

    कोअर्डिनेटर अधिकारीले पटक पटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका छन् ।

    दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।


    मंगलवार, जेठ १० २०७९०१:४१:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij