काठमाडौं - सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंले उनलाई हिरासतमा राखेर मानव बेचबिखन तथा ओसारपसार र बालबालिकाविरुद्धको कसूरमा अनुसन्धानका लागि अनुमति दिएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।
पीडितको बयानपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार पाण्डेविरुद्ध दुई जनाले किटानी जाहेरी दिएका छन् ।
गत बुधवार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी युवतीले मानवबेचिबखन तथा ओसारपसार ऐनविरुद्धको कसूरमा जाहेरी दिएकी छन् ।
आइतबार प्रहरी सम्पर्कमा पुगेकी अर्की नाबालिकाले बालबालिका ऐनविरुद्धको कसुर गरेको भन्दै जाहेरी दिएकी छन् ।