Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

  • आइतवार, जेठ ८ २०७९

  • 623
    SHARES

  • माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु

    काठमाडौं - माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।

    अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर प्युठान नौबहिनी गाउँपालिका ८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताए ।

    उनीहरू काका भतिज भएको खुलेको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल अर्घाखाँचीमा पोस्टमार्टम गरी उनीहरूको शव आफन्तको जिम्मा लगाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    आइतवार, जेठ ८ २०७९०५:५७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij