Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली पुगेर भाषण गरेका सबै ठाउँमा एमाले पराजित

ओली पुगेर भाषण गरेका सबै ठाउँमा एमाले पराजित

  • आइतवार, जेठ ८ २०७९

  • 1.6K
    SHARES

  • ओली पुगेर भाषण गरेका सबै ठाउँमा एमाले पराजित

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्कप्रसाद ओली पुगेर भाषण गरेका सबै ठाउँमा एमाले पराजित भएको छ ।

    गत बैशाख ३० गते भएको स्थानीय तह निवार्चनको अन्तिम नतिजा आउने क्रम जारी छ । धेरै स्थानीय तहको नतिजा आइसकेको छ भने केही तहको मात्र आउन बाँकी छ । हालसम्मको नतिजा हेर्दा नेपाली कांग्रेस अग्रस्थानमा छ भने नेकपा एमाले दोस्रो र त्यस्तै, नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ ।

    निर्वाचनकै क्रममा ओली एक्लै विभिन्न ठाउँमा चुनावी सभामा भाषण गर्न पुगेका थिए । ओली विराटनगर, हेटौंडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठूलो शहरमा चुनावी सभामा पुगेका थिए तर उनी जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरेका थिए , ती सबै ठाउँमा एमालेले लज्जसपद हार व्यहोर्नु  परेको छ ।

    हाल पोखरा, धरान, जनकपुर, वीरगञ्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ ।

     


    आइतवार, जेठ ८ २०७९१०:१९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij