काठमाडौं । नेकपा एमालेका नेता सुर्य थापाले पार्टी अहिले पनि जनमतको हिसाबले पहिलो रहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता थापाले भने,“नेकपा अहिले पनि जनमतको हिसाबले देशको पहिलो पार्टी हो, पाँच दलीय गठबन्धनले गर्दा स्थानीय तहको चुनावमा केही ठाउँमा नतिजा हाम्रो पक्षमा नआएको हो ।”
पाँच दलीय गठबन्धनले गर्दा चुनाबमा एमालेको कन्तबिजोग भयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा नेता थापाले भने,“ मैले भनिसके एमाले अहिले पनि जनमतको हिसाबले पहिलो पार्टी हो, तपाईंले भने जस्तो एमालेको कन्तबिजोग, सन्तबिजोग केही भएको छैन।”
उनले माधव कुमार नेपालको पार्टी र पुष्पकमल दाहाल प्रचण्डको पार्टीले कांग्रेसको कृपाले स्थानीय तहको चुनावमा केही ठाउँमा जितिरहेको दाबी गरेका छन् ।
उनले थपे,“ प्रचण्ड र माधवको पार्टीले स्वर्ग जान नर्कको टिकट काटेर, कांग्रेसको सारथी बनेर गठबन्धन बनाउँदै एकदुई ठाउँमा जित हासिल गरेका छन, त्यसमा कुन ठूलो कुरा भयो र ? ”