काठमाडौं । विभागीय फुटबल टोली शसस्त्र प्रहरी बल एपीएफका दुई जना खेलाडीमा कोरोना संक्रमण देखिएको छ । तरािईबाट डुयुटीमा खटिएर काठमाडौं फर्किएका उनिहरुमा कोरोना संक्रमण पोजेटिभ पाइएको हो ।
उनीहरु कोरोनोको संक्रमण सुरु भएसंगै तराईका विभिन्न क्षेत्रमा ड्युटीमा गएका थिए । उनी केही दिन अघिमात्र काठमाडौं फर्किएका थिए । विभागीय टिमले कोरोनाको प्रकोप बढ्दै गएपछि विभिन्न खेलमा आबद्ध खेलाडीलाई ड्युटीमा खटाएको थियो । संक्रमित भएका उनिहरुको अवस्था सामान्य रहेको छ ।
पछिल्लो समय खेलकुद क्षेत्र कोरोनाबाट धेरै प्रभावित बन्न थालेको छ । आईतबार साँझमात्र नेपाल ओलम्पिक कमिटिका दुई जनामा कोरोना पुष्टि भएको थियो ।