Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादीको निष्कर्ष – भरतपुरमा जगन्नाथको उम्मेदवारीले रेनुको जित झनै सहज

माओवादीको निष्कर्ष – भरतपुरमा जगन्नाथको उम्मेदवारीले रेनुको जित झनै सहज

  • शनिवार, जेठ ७ २०७९

  • 1.1K
    SHARES

  • माओवादीको निष्कर्ष – भरतपुरमा जगन्नाथको उम्मेदवारीले रेनुको जित झनै सहज

    काठमाडौं- नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका जगन्नाथ पौडेलको बागी उम्मेदवारीका कारण रेनु दाहालको जित झनै सहज भएको निष्कर्ष निकालेको छ।

    जगन्नाथले माओवादीमा नआउने कांग्रेसको असन्तुष्ट भोट ‘होल्ड’ गरेकाले रेनुलाई सजिलो भएको माओवादीको ठम्याई छ।

    ‘मतगणनामा देखिएको भोटिङ प्याट्रन हेर्दा जगन्नाथजीको उम्मेदवारी नभएको भए कांग्रेसको असन्तुष्ट मत एमालेका उम्मेदवारलाई जान्थ्यो’, माओवादी केन्द्रका केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुनले भने, ‘उहाँको उम्मेदवारीले हामीलाई नोक्सान भएन। बरु सजिलो भयो।’

    यद्यपी बाहिर चर्चा चलाइए जस्तो गठबन्धनको योजनामा पौडेल उम्मेदवार नभएको स्पष्ट गरे। प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका मन्त्री उमेश श्रेष्ठले उम्मेदवारीबाट पछि हट्न पटकपटक गरेको आग्रह पौडेलले अस्वीकार गरेको पुनले उल्लेख गरे।

    भुइँकटहर चिन्हबाट स्वतन्त्रमा चुनाव लडेका पौडेलले समग्रमा १० प्रतिशत र कांग्रेसको संगठित मत ३० प्रतिशत ल्याएको माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए। अधिकारीले पनि पौडेलले पाएको सबै मत एमाले उम्मेदवार विजय सुवेदीलाई थपिएको भए रेनुको जित कठिन हुन सक्ने स्वीकार गरे।

    भरतपुरमा आयोजित सत्तागठबन्धनको संयुक्त चुनावी आमसभाबाटै प्रधानमन्त्री देउवा र आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी फिर्ता लिन पौडेललाई गरेको आग्रह उनले अस्वीकार गरेको पुनको भनाइ थियो। पुनले भरतपुरमा एमालेकै मतदाताको आकर्षण पनि माओवादीप्रति देखिएको बताए । भरतपुर महानगरमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धन थियो।


    शनिवार, जेठ ७ २०७९०७:०३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij