Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मधेश प्रदेशको नवौँ वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

मधेश प्रदेशको नवौँ वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

  • शुक्रवार, जेठ ६ २०७९

  • 501
    SHARES

  • मधेश प्रदेशको नवौँ वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

    काठमाडौँ । मधेश प्रदेशको नवौँ वर्षे अधिवेशन आह्वान गर्न सिफारिस भएको छ । जेठ १९ गते दिउँसो १ बजे बस्ने गरी वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष शुक्रबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको हो ।

    बैठकले संघीय सरकारले प्रदेश प्रहरी ऐन कार्यान्वयनमा आलटाल गरिरहेको आरोप लगाउँदै आगामी असार पहिलो साता जनकपुरधाममा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरुको बैठक आयोजना गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

    त्यस्तै बैठकको निर्णयअनुसार मुख्यमन्त्री किसान उत्थान कार्यविधि बनाएर किसानलाई वर्षमा बैंक मार्फत १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय भएको छ ।


    शुक्रवार, जेठ ६ २०७९११:०९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij