Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रेनुको अग्रता कायमै, विजय ३ हजार २७३ मतले पछि

रेनुको अग्रता कायमै, विजय ३ हजार २७३ मतले पछि

  • शुक्रवार, जेठ ६ २०७९

  • 775
    SHARES

  • रेनुको अग्रता कायमै, विजय ३ हजार २७३ मतले पछि

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार बनेकी रेनु दाहालले अग्रतालाई बढाएकी छन् । हालसम्मको मतपरिणामअनुसार उनले २० हजार १४३ मत ल्याएकी छिन् ।

    दोस्रो स्थानमा रहेका नेकपा एमालेका विजय सुवेदीले १६ हजार ८७० मत पाएका छन् । तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सात हजार ७५३ मत ल्याएका छन् ।

    उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २२ हजार ४०३ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकबाट उपमेयर पदमा उम्मेदवारी दिएकी हिमला गुरुङले १३ हजार १६३ मत ल्याएकी छिन्। भरतपुरमा मतगणना जारी छ ।


    शुक्रवार, जेठ ६ २०७९०६:१८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij