Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

गणतन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

गणतन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

  • बिहिवार, जेठ ५ २०७९

  • 553
    SHARES

  • गणतन्त्र दिवस ३ दिनसम्म मनाउने सरकारको निर्णय

    काठमाडौँ । सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको गणतन्त्र दिवस २०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने निर्णय गरेको हो ।

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले यही जेठ १४, १५ र १६ गते विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ ।

    निर्णय अनुसार जेठ १४ गते साँझ संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयले राष्ट्रिय झण्डा एवं ब्यानर सजाइ साँझ दिपावली गर्ने र आम नागरिकलाई दिपावली गर्न अनुरोध गर्ने निर्णय समितिले गरेको छ ।

    १५ जेठमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गरी राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडीखेलमा औपचारिक मूल समारोह गरिने सदस्य सचिव एवं गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिनुभयो ।

    त्यसैदिन साँझ आम नागरिक र सरकारी तथा सार्वजनिक कार्यालयहरूले आ–आफ्नो घर, कार्यालय एवं सार्वजनिक स्थलहरूमा दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका विशिष्ट प्राकृतिक एवं सांस्कृतिक विशेषता झल्कने विद्युतिय प्रचार सामग्री तयार गरी परराष्ट्र मन्त्रालयमार्फत् विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासहरूमा पठाउने कार्यक्रम तय भएको छ ।

    उपत्यका बाहिरका प्रदेशका राजधानी, जिल्ला र स्थानीय तहहरूमा सरकारी कार्यालय/निकाय एवं प्रतिष्ठानहरूमा राष्ट्रिय झण्डा फहराएर १४, १५ र १६ जेठमा साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

     


    बिहिवार, जेठ ५ २०७९०१:३७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij