Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित

खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित

  • बिहिवार, जेठ ५ २०७९

  • 536
    SHARES

  • खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित

    खोटाङ । स्थानीय तहको निर्वाचनमा खोटाङमा तीन निवर्तमान प्रमुख र छ उपप्रमुख पराजित भएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनबाट प्रमुखरउपप्रमुखमा निर्वाचित भएका जनप्रतिनिधि पुःन यथास्थानमा दोहोरिने र कतिपयको माथिल्लो पदमा फड्को मार्ने प्रयास असफल भएको हो ।

    यथास्थानमा दोहोरिनका लागि चुनावी मैदानमा उत्रिएका केपिलासगढी गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्णकुमार राई, जन्तेढुंगा गाउँपालिकाका निवर्तमान अध्यक्ष शंखरबहादुर राई र साकेला गाउँपालिकाका निवर्तमान अध्यक्ष अर्जुनकुमार खड्का पराजित भएका छन् ।

    एमालेका शंखरबहादुर गठबन्धनबाट उठेका माओवादी केन्द्रकी अरुणादेबी राईबाट पराजित भएका छन् । माओवादी केन्द्रका अर्जुनकुमार कांग्रेसका रबिप्रकाश राईभन्दा पछि परेका हुन् । एमालेका कृष्णकुमार राई कांग्रेसबाट बिजयी भएका समिर राईका निकटतम प्रतिद्धन्द्धी नेकपा एकीकृत समाजवादीका माइतीराज राईभन्दा पछि परेका छन् ।

    एमालेकी बिणादेबी राईको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उपमेयरमा दोहोरिने प्रयास असफल भएको छ । उनी गठबन्धन ९माओवादी केन्द्र०का बिसन राईसँग पराजित भएकी हुन् । खोटेहाङ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कविता राई र बराहपोखरी गाउँपालिकाको निवर्तमान उपाध्यक्ष गोमा मगर अध्यक्षमा पराजित भएकी छन् । कविता गठबन्धन ९माओवादी केन्द्र०का उदिमबहादुर राई र गोमा गठबन्धन ९कांग्रेस०का शालिकराम बञ्जराभन्दा पछि परेका हुन् ।

    साकेला गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरिता खड्का र ऐसेलुखर्क गाउँपालिकाका निवर्तमान उपाध्यक्ष पुष्पकला भुजेलको यथास्थानमा दोहोरिने प्रयास विफल भएको छ । सरिता माओवादी केन्द्रकी बिर्सिका राई र पुष्पकला गठबन्धन ९कांग्रेस०का राजेश राजभण्डारी भन्दा पछि परेका हुन् ।


    बिहिवार, जेठ ५ २०७९०९:३८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij