Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनभन्दा स्थापितलाई आयो बढी मत

बालेनभन्दा स्थापितलाई आयो बढी मत

  • बुधवार, जेठ ४ २०७९

  • 1.9K
    SHARES

  • बालेनभन्दा स्थापितलाई आयो बढी मत

    काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा नम्बर २८ को मतगणनामा बालेन्द्र साहलाई भन्दा बढी मत केशव स्थापितलाई आएको छ ।

    अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ । यो केशव स्थापितको आफ्नो वडा पनि हो ।

    उक्त वडामा २०० मत गणना हुँदा स्थापितको पक्षमा ६० मत आएको छ भने बालेन्द्रले ४६ मत मात्रै पाएका छन् ।

    स्थापितको वडामा गठबन्धनकोतर्फबाट मेयरमा कांग्रेसमा मेयरकी उम्मेदवार सिर्जना सिंहले भने ३३ मत पाएकी छिन् ।

    आफ्नो वडामा स्थापितले सुरुआति अग्रता लिएका छन् ।

    साह र स्थापितले पाएको कुल मतको अन्तर भने ८ हजार ५५३ छ । यो ४५ हजार मत गन्दाको परिणाम हो ।


    बुधवार, जेठ ४ २०७९०४:३३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij