Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भोज खान हिडेको गाडी दुर्घटना, २४ जना घाइते

भोज खान हिडेको गाडी दुर्घटना, २४ जना घाइते

  • बुधवार, जेठ ४ २०७९

  • 538
    SHARES

  • भोज खान हिडेको गाडी दुर्घटना, २४ जना घाइते

    काठमाडौं - रुपन्देहीको भैरहवामा आज विजय जुलुसमा हिँडेको गाडी दुर्घटना भएको छ ।

    दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

    नेकपा एमाले सिद्धार्थनगर नगरपालिका-१० को लु १ ख ८०७९ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी प्रवक्ता नवरत्न पौडेलले जानकारी दिनुभयो ।

    पौडेलले चालकले तीव्र गतिमा गाडी चलाउँदा दुर्घटना भएको बताए । गाडी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

    घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । सिद्धार्थनगर–१० बाट नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका सुर्जमन यादव अहिर विजयी हुनु भएको छ ।


    बुधवार, जेठ ४ २०७९०२:४३:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij