Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आफ्नै जित दाबी गर्ने स्थापितलाई बालेनले नराम्ररी पछारे

आफ्नै जित दाबी गर्ने स्थापितलाई बालेनले नराम्ररी पछारे

  • बुधवार, जेठ ४ २०७९

  • 791
    SHARES

  • आफ्नै जित दाबी गर्ने स्थापितलाई बालेनले नराम्ररी पछारे

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाह अत्याधिक मतका साथ अग्रस्थानमा कायमै छन् ।

    हालसम्म प्राप्त भएको मतपरिणाम अनुसार शाहले १६ हजार १ सय ६० मत पाएका छन् भने नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले ८ हजार ४ सय ५ मत पाएका छन् ।

    यस्तै, नेपाली काँग्रेसकी मेयर पदकी उम्मेदवार सिर्जना सिंहले ७ हजार ५ सय ६१ मत पाएकी छन् ।

    अहिले मतगणना निरन्तर जारी छ । बालेनले स्थापितलाई दोब्बर मतले पछि पारेका छन् । बालेनलाई काठमाडौंका विभिन्न वडाबाट राम्रो मत प्राप्त भइरहेको छ ।

    बेला–बेला आफूलाई बिजेता घोषित गर्ने स्थापित अहिले भने हतोत्साहित भएका छन् । मतगणनाको पछिल्लो परिणाम अनुसार बालेनलाई सहानुभूति थपेको छ । उनी विजयको रफ्तारमा छन् ।

    सिर्जना भने आफ्नै गतिमा कांग्रेसले दिएका सहानुभूतिका मत बटुल्दै तेस्रो स्थानमा छिन् ।

     


    बुधवार, जेठ ४ २०७९१२:४४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij