Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुरमा नापित विजयी

राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुरमा नापित विजयी

  • मंगलवार, जेठ ३ २०७९

  • 979
    SHARES

  • राप्रपाले गाड्यो काठमाडौंमा विजयको झण्डा, शंखरापुरमा नापित विजयी

    काठमाडौं – काठमाडौंको शंखरापुर नगरपालिकामा सत्ता गठबन्धन र एमाले समेतलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । राप्रपाले सो नगरपालिकाको ३ वटा वडा सहित नगर प्रमुखमा जित हात पारेको हो ।

    राप्रपाका मेयरका उम्मेदवार रमेश नापितले जित निकालेका हुन् । उनले निकटतम प्रतिस्पर्धी काँग्रेस र नेकपा एस गठबन्धनका उम्मेदवार एलपी श्रेष्ठ, एमालेका कृष्णलाल बजगाईं र माओवादी केन्द्रका मधु केसीलाई पराजित गरेका छन् । अन्तिम मत परिणाम घोषणा हुने क्रममा छ ।

    राप्रपाले वडा नम्बर ३, ६ र ७ मा समेत जितेको छ । यसअघि माओवादी केन्द्रले जितेको वडा नम्बर ३ राप्रपाले खोसेको छ भने वडा नम्बर ६ र ७ मा आफ्नो पकट कायम राखेको छ । यता उप मेयरमा भने काँग्रेस र नेकपा एसको गठबन्धनबाट काँग्रेसकी समिता श्रेष्ठ निर्वाचित भएकी छिन् ।

    यसअघि २०७४ सालको चुनावमा मेयर, उपमेयर तथा वडा नम्बर १, २, ५, ८ र ९ गरी ५ वडा जितेको एमालेले वडा नम्बर ५ बाहेक अरु सबै गुमाएको छ । नगरपालिकाको वडा नम्बर २, ३, ८ र ९ मा काँग्रेसले जित हासिल गरेको भने वडा नम्बर १ को वडाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ ।

     


    मंगलवार, जेठ ३ २०७९०५:१७:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij